Online Bichar
सोमबार, भाद्र २४, २०८१ | Monday, September 9, 2024

काठमाडौँ, २० साउन २०८१ । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार (साउन १७ र १८) लिएको चिकित्सकको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ ।

काउन्सिलका अनुसार यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् । उत्तीर्ण भएको प्रतिशत सम्भवत अहिलेसम्मकै बढी हो ।

काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार कुल ९७० जनाले फारम भरे पनि ९६६ जना सहभागी थिए । ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका छन् । ६ जनाको नतिजा विथहेल्डमा राखिएको छ ।

यसपटक परीक्षामा कुल ४० विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । यसपटक फ्रेस विद्यार्थीहरू आएको र डिएमएमसीएचको तयारीमा रहेका पनि सहभागी भएकोले नतिजा राम्रो आएको काउन्सिल जनाएकोछ ।

परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा दुई दिन दुई सिफ्टका दरले सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया