Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

ओखलढुंगा । ओखलढुंगामा पहिलो पटक गरिएको प्याराग्लाइडिंगको परीक्षण उडान सफल भएको छ । बिग स्माइल प्याराग्लाइडिंग नेपाल पोखराका सिनियर पाइलट सागर क्षेत्रीले परीक्षण उडान गर्नुभएको हो । जिल्लाको देउराली डाँडाबाट उडान गरेर रुम्जाटार परिसरमा अवतरण गरिएको थियो ।

परीक्षण उडानमा पाइलट क्षेत्रीसंगै स्थानीयबासी जिन्दल श्रेष्ठ पनि उडानमा सहभागी थिए । यहाँको मौसम र हावाको बेग प्याराग्लाइडिंगका लागी सुहाउँदो भएको भन्दै क्षेत्रीले आगामी दिनमा प्याराग्लाइडिंगको माध्यमबाट पर्यटनको प्रचुर सम्भावना रहेकाले आवश्यक पूर्वाधार भने तयार गर्नुपर्ने बताए ।

क्षेत्रीसँगै उडान गरेका स्थानीय श्रेष्ठले आफ्नै ठाउँमा प्याराग्लाइडिंग गर्न पाउँदा खुसी लागेको बताउँदै यसको राम्रो सम्भावना रहेकाले पर्यटनको विकासका लागि स्थानीयबासी सहित सम्पूर्ण सरोकारवालाको ध्यान जानुपर्ने बताए ।

तपाईको प्रतिक्रिया