Online Bichar
सोमबार, साउन ११, २०८३ | Monday, July 27, 2026

काठमाडौं, १० साउन २०८१ । ललितपुरमा थप दुई जनामा हैजा सक्रमण पुष्टि भएको छ। टेकु अस्पताल का निर्देशक डा. युवानिधि बसौलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरको पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो।

‘भर्खर रिपोर्ट आएको छ’ बसौलाले थाहाखबरसँग भने, ‘तीन जनाको नमुना पठाउँदा दुई जनाको पोजेटिभ आएको छ।’

उनीहरू पनि हैजाको संक्रमण हुनसक्ने आशंकामा टेकु अस्पताल भर्ना भएका थिए। तर उनीहरू पछि आफैं अस्पतालबाट भागेका थिए।

अहिले उनीहरू अन्यत्रै उपचार गराइरहेको आफूले थाहा पाएको बसौलाले बताए। यीसहित हैजा पुष्टि हुनेको संख्या तीन पुगेको छ।

 

तपाईको प्रतिक्रिया