Online Bichar
शनिबार, फाल्गुण ३०, २०८२ | Saturday, March 14, 2026

काठमाडौं, ४ साउन २०८१ । एसीसी महिला एसिया कपमा नेपालले युएईलाई ६ विकेटले हराएको छ। श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो।

नेपालका लागि सम्झना खड्काले विष्फोटक ब्याटिङ गरेपछि नेपालले जित सुनिश्चित गरेको हो। खड्काले सर्वाधिक ७२ रन बनाइन्। ४५ बलमा उनले ११ चौका प्रहार गर्दै अविजित रहिन्।

त्यस्तै नेपालका लागि पूजा महतोले अविजित ७ रन बनाइन्। त्यसअघि सीता राना मगरले ७ रन, कविता कुँवरले २ रन, इन्दु बर्माले ६ रन र रुबिना क्षेत्रीले १० रन बनाइन्। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो।

युएईलाई ११५ रनमै रोक्न कप्तान इन्दु बर्माले ३ विकेट लिइन्। त्यस्तै सबनम राई, कविता जोशी र कृतिका मरासिनीले एक(एक विकेट लिइन्।

युएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। त्यस्तै कभिसा इगोडेजले २२, समाइराले १३ र इशा ओजाले १० रन बनाइन्।

 

तपाईको प्रतिक्रिया