Online Bichar
मंगलबार, साउन ०१, २०८१ | Tuesday, July 16, 2024

झापा, २५ असार २०८१ । गौरादहको रतुवा खोलामा पानीको बहाव बढेर पस्दा २५ घरमा क्षती पुर्‍याएको छ । गौरादह नगरपालिका-६ स्थितमा रहेको रतुवा खोलामा पानीको बहाव बढेर घरभित्र पस्दा सोही ठाउँको टगुवा टोलमा रहेको ताजपुरीया बस्तीमा सामान्य क्षती पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार (आज) अन्दाजी १ः३० बजेको समयमा घरभित्र पानी पसेर क्षती पुर्‍याएको खबर प्राप्त गर्नसाथ प्रहरी चौकी कोहबराबाट प्रहरी टोली खटिएको जनाइएको छ । प्रहरीका अनुसार हालसम्म मानिसहरु बिस्थापित हुने अवस्था तत्काल नरहेको, सामान्य पानी पसेको, उक्त खोलामा पानीको बहाव घट्ने क्रममा रहेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

प्रहरी चौकी कोहबरा एरियाको बस्ति डुबान

तपाईको प्रतिक्रिया