Online Bichar
शुक्रबार, मंसिर २८, २०८१ | Friday, December 13, 2024

काठमाडौं, १५ असार २०८१ । आइसिसी टि–२० विश्वकप २०२४ को फाइनल खेल आज साँझ हुनेछ। उपाधिका लागि भारत र दक्षिणअफ्रिका भिड्ने छन्।

गुयनामा शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो।

त्यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो।

खेल बार्बाडोसको केन्सिङ्टन ओभल, ब्रिजटाउनमा हुनेछ । सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई हराउँदै भारत तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । भारतीय टोलीले आफंना सबै सात खेल जितेको छ ।

भारत र दक्षिण अफ्रिकाबीच २६ टी–२० अन्तर्राष्ट्रिय खेल भएका थियो। जसमध्ये भारतले १४ वटा जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको थियो।

 

तपाईको प्रतिक्रिया