Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं, १३ असार २०८१ । दक्षिण अफ्रिका नवौं संस्करणको टी–ट्वेन्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।

आज भएको खेलमा ५७ रनको सामान्य लक्ष्य पाएको दक्षिण अफ्रिकाले आठौं ओभरमा लक्ष्य पूरा गर्यो। दक्षिण अफ्रिकाका लागि रिजा हेनरिकले २९ तथा एडेन माक्रमले २३ रन जोडे।

त्यसअघि वेस्ट इन्डिजको ट्रिनिडाडमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो ।

अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन्। दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए।

दोस्रो सेमिफाइनलमा आजै भारत र इङ्ल्याण्ड आमने सामने हुनेछन्। यी दुईको विजेतासँग उपाधिका लागि शनिबार भिड्नेछन्।

 

तपाईको प्रतिक्रिया