झापा, १२ असार २०८१ । झापाको मेचिनगरमा २० महिनाको बालकको खोलामा डुबेर मृत्यु भएको छ । मेचिनगर नगरपालिका-१४ नमुना टोल स्थित बस्ने बामरा सतारको छोरा २० महिनाको रिहान सतारको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार(हिँजो)अन्दाजि ७ः३० बजेको समयमा घर देखि अन्दाजि ३०० मिटर पुर्वमा रहेको फुलवासा खोलामा खेल्ने क्रममा अचानक डुबेर उक्त बालकको मृत्यू भएको भन्ने जानकारी प्राप्त हुन साथ तत्काल प्रहरीको टोलि घट्ना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी लास पोष्टमाटमको लागि प्रादेशीक अस्पताल भद्रपुर झापा पठाईएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






