काठमाडौँ, ११ असार २०८१ । खाडी मुलुक कुवेतले नेपालमा दूतावास खोल्ने भएको छ । उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।
श्रेष्ठका अनुसार कुबेतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी गराएको छ ।
कुबेतमा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका र त्यो सङ्ख्या तीन लाखसम्म पुर्याउने जानकारी दिएको उनले बताए । नेपालको भने कुवेतमा यसअघि नै दूतावास रहेको छ ।