काठमाडौँ, १५ जेठ २०८१ । स्वास्थ्य सेवातर्फ निकै महत्त्वपूर्ण रूपमा सञ्चालित आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमतर्फ आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार पेश गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आमा सुरक्षा तथा मातृ तथा शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए।
सरकारले यो कार्यक्रममार्फत निःशुल्क प्रसूति सेवा तथा महिलालाई स्वास्थ्य संस्थामा आउन जान यातायात खर्च उपलब्ध गराउने, गर्भावस्थाको परीक्षण निःशुल्क गर्ने लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।