Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, ११ जेठ २०८१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ‘केपी’प्रजातिको भेरियन्ट घातक नभएको बताएका छन्। डा. बुढाथोकीले केपी प्रजातिको नयाँ भेरियन्ट खतरनाक नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका हुन्।

उनले भने,’केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन । यसको प्रभाव खासै छैन। ४२ वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन (जेएन १) सात जनामा र (ओमिक्रोन बी २ ) दुई जनामा देखिएको छ । नयाँ भेरियन्ट देखियो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन। ‘

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ पुष्टि भएको हो। गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो ।

तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। यो नयाँ भेरियन्ट नभएको, ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट भएकाले नयाँ नाम मात्र दिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया