Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, ३० वैशाख २०८१ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । जुन सहयोग नेपालमा कुनै दाताले गरेको सबैभन्दा ठुलो सामाजिक सेवाको कार्य भएको बताइएको छ ।

भाटभटेनी सुपरमार्केटले ‘एक स्वस्थ भविष्यको निर्माणमा हाम्रो सहयोग’ भन्दै यसबारे घोषणा गरेको छ । सुपरमार्केटले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘हाम्रो भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणाले हामी सबैलाई थप हर्षित बनाएको छ ।’

कोइरालाको नेतृत्वमा देशका ७ प्रदेशमा ७ वटा बाल अस्पताल बनाउने लक्ष्य लिइएको छ।

जसअनुसार हेपाली हाइटमा निर्माण गरिने बाल अस्पतालको एउटा पुरै ब्लक निर्माण गुरुङले निर्माण गरिदिने बताइएको छ । गुरुङले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया