Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

झापा, २७ वैशाख २०८१ । झापाको मेचीनगरबाट हिँजो र आज गरि १२ लाख ९० हजार मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ । बिहिबार(आज)बिहान अन्दाजी६ बजेको समयमा प्रहरी चौकी तिरिङखोलाबाट र सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी तिरिङको संयुक्त प्रहरीको टोलीले भारत देखि नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचिनगर नगरपालिका-१ भालुखोपबाट १० वटा बोराभित्र १ हजार ७५८ पिस पर्दा र ३ सय ७८ पिस मोजा गरि अन्दाजी १० लाख मूल्य बराबरको अवैध सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, बुधबार(हिँजो) साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीको टोलीले मेचीनगर नगरपालिका-७ धनकुटे बस्तीबाट २९ काटुन लाइटर बरामद गरेको छ ।
परालको कुन्युमा अवैध रुपमा लुकाइछिपाई राखेको अन्दाजी २ लाख ९० हजार रुपैयाँ बराबरको लाइटर फेला पारेकोजिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया