Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठमाडौं, ६ जेठ २०८१ । नक्कली लेवलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्यानमार घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाल छन् । काठमाडौं महानगरपालिका–२२ मा मुकुन्द श्रेष्ठको घर भाडामा लिएरमा डेल कम्प्युटरको लोगो सादा कम्प्युटरमा लेवलिङ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

डेलको नक्कली लोगो राखेर उमेश मुडवरीलाई बेच्न लागेको समेत पाइएको प्रहरीले जनाएको छ । डेल कम्पनीको लोगो सहितको मनिटर १० कार्टुन (५० थान), लोगो बिनाको ३७ कार्टुन (१८५ थान) गरी २३५ थान बरामद गरिएको छ ।

उमेश मुडवरीबाट कम्पनीको लोगो सहितको मनिटर ६ थान समेत बरामद भएको छ । जम्मा २८६ थान मनिटर बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया