Online Bichar
मंगलबार, बैशाख ३०, २०८२ | Tuesday, May 13, 2025

झापा, ६ जेठ २०८१ । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । बिर्तामोडस्थित पूर्व पश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो ।

आज बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो ।

अनारमनी प्रहरी घटनास्थलमा पुगेर शवलाई पोको पारेर पोस्टमार्टम गर्न लैजाने तयारीमा छ ।

शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया