Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

धनगढी, ६ जेठ २०८१ । कैलालीको धनगढी उपमहानगरपालिका नगदसहित प्रकृति संरक्षण अवार्डबाट सम्मानित भएको छ । वातावरण संरक्षणमा उल्लेख्य योगदान पुर्‍याएबापत सो अवार्डबाट सम्मानित भएको हो ।

उपमहानगरलाई विश्व वन्यजन्तु कोष ९डब्लूडब्लूएफ० नेपालले वातावरण संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गरेबापत एक लाख नगदसहित प्रकृति संरक्षण अवार्ड प्रदान गरेको जनाएको छ ।

डब्लूडब्लूएफ नेपालको ३१ औं स्थापना दिवसको अवसरमा आज आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाललाई नगदसहित सो अवार्ड
हस्तान्तरण गरेको छ ।

धनगढीले वातावरण संरक्षणअन्तरगत प्लास्टिक बिक्रीवितरणमा रोक, वृक्षारोपण, पानी पुनरभरण, सर्प तथा जीवजन्तूको सकुशल उद्धार गरि सम्बन्धितको वास स्थानमा छोड्नेलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया