Online Bichar
बिहिबार, आषाढ ३२, २०८३ | Thursday, July 16, 2026

काठमाडौँ, २६ वैशाख २०८१ । काठमाडौँको कलंकीबाट एक साता अघि हराएकी चितवनकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा आज भेटिएकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएको बताए।

उनले काउन्सिलिङ गर्न बाँकी रहेकाले अन्य कुरा नखुलेको र घटनाको अनुसन्धान जारी रहेको जनाए। आज साँझ उनलाई उनका बुबाले नै फेला पारेका बताइएको छ।

उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर हो। लामिछाने काठमाडौँको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ पढिरहेकी थिइन्।

 

तपाईको प्रतिक्रिया