Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

भद्रपुर (झापा), २६ वैशाख २०८१ । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व सङ्कलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढुङ्गानाले चालु आव २०८०/८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसामान निर्यात भएको जानकारी दिनुभयो ।

उहाँले अघिल्लो आ.व.२०७९/८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले श्रणात्मक हुँदा निर्यात भने १५ दशमलव ९६ प्रतिशतले बढेको बताउनुभयो । काकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरूमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरू, जिप्सम, कपडा, फलफूल (जुस समेत) लगायत छन् ।

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा बिरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायतका रहेका भन्सार कार्यालय काकरभिट्टाले जनाएको छ ।रासस

 

तपाईको प्रतिक्रिया