Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठ्माडौं, २५ वैशाख २०८१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘घातक रोग लागेर उपचाररत शिक्षक बाहेक काजमा रहेका अन्य सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ।

मंगलबार सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले बताएको छ।

मन्त्रालयमा शिक्षकहरूलाई विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएपछि शिक्षा मन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्।

शिक्षकहरूलाई अध्ययन अध्यापन बाहेक अन्य कार्यमा लगाउन नहुने आवाज उठ्दै आएको छ।

 

तपाईको प्रतिक्रिया