Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

झापा, २५ वैशाख २०८१ । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-२ चौरासेका अन्दाजी ५४ वर्षिय मोहन प्रसाद दुलालको मृत्यु भएको हो ।

आज (मंगलबार) दिउँसो अन्दाजी ४ः५० बजेको समयमा मृतक दुलाल घर नजिकै मकै बारीमा मकैमा मल लगाउदै गरेको अवस्थामा अचानक गड्याङगुडुङ संगै परेको चट्याङले लागी छाती तथा पेटको भागमा पिल्सिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाईते अवस्थामा आफन्तले देखि उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याएकोमा उपचारको क्रममा अहिले साँझ ६ः२० बजेको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया