Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

काठमाडौं, १५ वैशाख २०८१ । सरकारले भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाउने भएको छ। हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाउन लागिएको हो।

हात्तीपाइलेविरुद्धको औषधी सबैलाई खुवाउँदै आम औषधी सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिए। यसअघि ती सात जिल्लामा औषधी सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न लागिएको हो।

अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ। अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार ८०० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन्। निर्देशक डा। मरासिनीका अनुसार सात जिल्लाका १०१ स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधी खुवाउने उनले बताए।

 

तपाईको प्रतिक्रिया