Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा, ४ वैशाख २०८१ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।

चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ।

काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, नक्सालभगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्लवरीगायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ।

 

तपाईको प्रतिक्रिया