Online Bichar
बिहिबार, जेठ ०३, २०८१ | Thursday, May 16, 2024

काठमाडौँ, १७ वैशाख २०८१ । काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जंगलमा अधिवक्ता मृत अवस्थामा भेटिएका छन् । ओखलढुंगा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

रुखमा पासो लागेको अवस्थामा भेटिएको शव निकालेर प्रहरीले पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पठाएको छ । अधिवक्ता दाहाल शुक्रवारदेखि परिवारको सम्पर्कमा थिएनन् । उनी परिवारसँग बानेश्वरमा बस्दै आएका थिए ।

 

तपाईको प्रतिक्रिया