Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, २ जेठ २०८१ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट आएको छ। साताको पहिलो कारबार दिन आइतबारदेखि निरन्तर उकालो लागेको नेप्से चौथो दिन घटेर बन्द भएको हो।

नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशतले गिरावट आएर ३५८.०९ विन्दुमा अडिएको छ।

यसदिन ३१५ स्क्रिप्सको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँमा खरिदबिक्री भए। झन्डै दोहोरो अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो। उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले वृद्धि भएको हो। यसदिन गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए। सोको सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो। ११ करोड मूल्य बढीको कारोबार गरी पिपुल्स पावर शीर्षस्थानमा रह्यो।

३ वटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका ६५ स्टकको मूल्य बढ्दा १७२ वटाको घट्यो।

 

तपाईको प्रतिक्रिया