Online Bichar
बुधबार, जेठ ०२, २०८१ | Wednesday, May 15, 2024

काठमाडौं, १७ वैशाख २०८१ । इलाम–२ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ फराकिलो मतान्तरले पहिलो नम्बरमा छन् । उनले १३,९०० मत पाएका छन् ।

३४ हजार २६ सदर मतमा नेम्बाङले १३, ९०० मत पाएका हुन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,९१४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलनकुमार लिम्बुले न्यून मत पाएका छन् । लिम्बुले १९४५ मत पाएका छन् ।

रास्वपा उम्मेदवारभन्दा निकै अगाडि रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले ८,२८५ मत ल्याएका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया