Online Bichar
बिहिबार, जेठ ०३, २०८१ | Thursday, May 16, 2024

झापा, १७ वैशाख २०८१ । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । झापा गाउँपालिका-४ स्थित खैरबारीका अन्दाजी २५ वर्षिय सरिफुल आलमलाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो ।

झापा गाउँपालिका वडानं.३ कामाटोली स्थित एक घरको तेश्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीलेआलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरी माथी आक्रमण गर्न खोजेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसक्रममा प्रतिरक्षा स्वरुप प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको हो । पक्राउ परेका आलमको बाँया खुट्टाको तिघ्रा र पिडुलामा २ राउण्ड गोली लागी घाइते भएका छन् । उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ १ थान र खुकुरी १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई तत्कालै उपचारार्थको लागि प्रादेशिक अस्पताल भद्रपुर झापामा पठाईएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया