जनकपुरधाम, ३ जेठ २०८१ । भंगहा-जनकपुर जयनगर रेल शुक्रबारदेखि तीन दिन बन्द हुने भएको छ।
भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर शुक्रवारदेखि सोमवारसम्म भंगहा-जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।
भारतको मधुवनी जिल्ला, सीतामढी जिल्लामा संसदीय क्षेत्रमा मे २० तारिख सोमबार लोकसभाको चुनाव हुँदै छ।
इन्डो-नेपाल अन्ताराष्ट्रिय सीम बन्द गरी नेपाल भारत दुबै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयानुसार रेलसेवा तीन दिन बन्द रहनेछ’, प्रबन्धक झाले जारी गरेको सूचनामा भनिएको छ।
महाप्रबन्धक झाले ८ गते मंगलबारदेखि उक्त खण्डमा साविक बमोजिम रेलसेवा नियमित सञ्चालन हुने बताए।