Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ४ वैशाख २०८१ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको हो।

अघिल्लो कारोबार दिन सोमबार ७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी एक तोलाको १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

तपाईको प्रतिक्रिया