Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ३ वैशाख २०८१ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला सात सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला सात सय रुपियाँले वृद्धि भई एक लाख ३७ हजार पाँच सय रुपियाँ निर्धारण भएको छ ।

शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सय रुपियाँले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।

यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रुपियाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ रुपियाँ निर्धारण भएको छ ।रासस

 

तपाईको प्रतिक्रिया