Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौँ, १ वैशाख २०८१ । तपाईँले कसैलाई संसारको सबैभन्दा अस्वस्थ खाना कुन हो भनेर सोध्नु भयो भने एउटा मात्रै होइन अनेकौँ नाम सुन्न पाउनु हुनेछ । यसबारे अनुसन्धान गर्न अमेरिकी आहारविद्हरूले सबैभन्दा अस्वस्थकर खानेकुराको फोरेन्सिक अध्ययन गरेका थिए ।

यी फरेन्सिक अध्ययनको आधारमा उनले १०० वटा खानेकुराको सूची तयार गरेका छन् । यसमा धेरै यस्ता खानेकुरा छन् जुन तपाई हामीलाई पहिले देखि नै थाहा छ । धेरै खानेकुराको नाम सुनेर चाँहि तपाई छक्क पर्न हुनेछ । आइसक्रिम, आलुको चिप्स, क्रिस्प, कुकीज आदि हानिकारक हुन्छन् भन्ने कुरा सामान्यतया सबैलाई थाहा छ । किनकि यसमा धेरै क्यालोरी र अस्वस्थकर चिल्लो हुन्छ । खराब तेल वा खानेकुरा तार्न बारम्बार एउटै तेल प्रयोग हुने वस्तु पनि हानिकारक हुन्छ । कतिपय कुरा राम्रा देखिन्छन् तर यथार्थमा स्वास्थ्यमा खराबी गराउने खालका पनि हुन्छन् । अमेरिकी आहारविद्हरूले तयार पारेको यो सूचीमा यस्ता धेरै नामहरू छन्, जसले तपाईंलाई अचम्ममा पार्नेछ । के हुन् त ती अस्वस्थ खानेकुराहरू:

बाउलोन क्यूब्स

बाउलोन क्यूब्सलाई धनी देशहरूमा बढी प्रयोग गरिन्छ । मासु र हरियो तरकारीबाट तयार पारिने यो खानेकुरा प्रशोधन गरेर बनाइन्छ । यो सुख्खा हुन्छ । यसलाई धेरै दिनसम्म प्रयोग गर्न सकिन्छ । यो स्टक क्यूबमा धेरै किसिमका केमिकल मिसिएको हुनाले यो निकै अस्वास्थ्यकर रहेको पोषणविद्हरु बताउँछन् । यसमा पाम आयल, कारमेल कलर र पहेँलो ६ रसायन प्रयोग गरिन्छ जसले कोलेस्ट्रोल धेरै बढाउँछ । हार्वर्ड मेडिकल स्कुलले गरेको एक अनुसन्धानमा यसले मुटुको रोग निम्त्याउन सक्ने देखाएको थियो ।

माइक्रोवेभमा मकैको फूल

मकैलाई माइक्रोवेभ वा कुकरमा हालेपछि यो तुरुन्तै फुल्छ । यस्तो खालको मकैमा केही केमिकल मिसाइएका हुन्छ । जसका कारण यो कम आँचमै पनि फुल उठ्छ । हामीले बाहिर खाने यस्ता मकैमा पाम आयल र सोडियमको अत्यधिक मात्रा पनि प्रयोग गरिएको हुन्छ । जसका कारण यसले उच्च रक्तचाप र हृदयाघातजस्ता समस्या पनि निम्त्याउन सक्छ । त्यसैले यसको सट्टा घरमा भुटेको शुद्ध मकै वा आगोमा पकाएको मकै खानुहोस् ।

प्लास्टिकको बोतलमा भएको पानी

यो सुनेर तपाईँहरूमध्ये धेरै जना अचम्ममा पार्न सक्नुहुन्छ । लगभग हरेक व्यक्तिले लास्टिकको बोतलबाट पानी पिउने गरेका छन् । कोलम्बिया युनिभर्सिटीले गरेको अनुसन्धानले प्लाष्टिकको बोतलमा बिस्फेनोल ए नामक निकै हानिकारक रसायन पाइने देखाएको छ । प्लास्टिकको बोतल तताउँदा बिस्फेनोल बाहिर निस्कन थाल्छ । यस प्रकारको पानी पिउनाले प्रजनन क्षमता कमजोर हुन थाल्छ र बालबालिकाको व्यवहारमा परिवर्तन आउन थाल्छ । यति मात्र होइन, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम पनि बढ्छ ।

डाइट सोडा

डाइट सोडा राम्रो कुरा हो भन्ने विश्वास गरिन्छ । तपाई पनि यस्तै सोच्नुहुन्छ रु त्यसो हो भने आजैबाट यस्तो सोच्न बन्द गर्नुस् । डाइट सोडामा धेरै प्रकारका हानिकारक रसायनहरू पाइन्छ जसले रगतमा चिनी बढाउँछ । यसले गर्दा शरीरमा बोसोको मात्रा बढ्छ र शरीरमा बोसो जम्मा भएर बस्न थाल्छ । डाइट सोडामा पाइने केमिकलले क्यान्सरको जोखिम पनि बढाउन सक्छ ।

हेल्दी स्मूदी

बजारमा धेरै प्रकारका स्मूदीहरू उपलब्ध छन्, जस्तै म्याङ्गो स्मूदी, चेरी स्मूदी आदिआदि । अन्य कयौं प्रकारका फलको स्मूदीहरू पनि पाइन्छ । यीमध्ये धेरैमा एडेटिभ चिनीको प्रयोग गरिएको हुन्छ । अमेरिकन हर्ट एसोसिएसनका अनुसार पुरुषले दिनमा ३६ ग्रामभन्दा बढी चिनी खानु हुँदैन । महिलाले पनि २५ ग्रामभन्दा बढी चिनी खानु हुँदैन । यसमा एडेड सुगर पनि हुन्छ ।एजेन्सी

 

तपाईको प्रतिक्रिया