Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

देउखुरी (दाङ), ३० चैत २०८० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

शुक्रबार प्रदेशसभामा कायम रहेको ८६ सदस्यमध्ये मुख्यमन्त्री महराले संविधानको १८८ को उपधारा १ बमोजिम प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा ४८ सांसदले मत दिएका छन् । उनको विपक्षमा २८ जनाले मतदान गरेका थिए ।

प्रदेशसभामा ३/३ सांसद रहेका राप्रपा र लोसपा भने अनुपस्थित रहे । माओवादी केन्द्रका नेता महरा एमालेका २९, नागरिक उन्मुक्तिका ४, जनता समाजवादी पार्टी ९जसपा० ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद १ गरी ४८ सांसदको समर्थनमा २३ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया