Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

जनकपुरधाम, २९ चैत २०८० । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भंगाहा नगरपालिका-६ बस्ने वर्ष ३२ का कलाम अंसारी र बर्दिवास नगरपालिका-१० का ४० वर्षीय पदम स्याङ्दन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अंसारी भंगहा नगरपालिका वडा नम्बर ६ का वडासदस्य हुन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार बर्दिबास नगरपालिका-१४ स्थित ट्राईल सेन्टर छेउबाट ईलाका प्रहरी कार्यालय बर्दिवासको टोलिलाई देख्नासाथ परिचय नखुलेको ३ जना पुरुषले बोकी ल्याएको सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फालेर भागेका थिए । बोरामा २० किलो ९७४ ग्राम बरामद भएको थियो ।

खोजतलासको क्रममा २ जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी जयसवारले बताए ।

 

तपाईको प्रतिक्रिया