Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

जेबि खड्का
गौरादह, २९ चैत २०८० । साना सहयोगी समूह नेपाल दमकले गौरादह नगरपालिका वडा नं.८ मा रहेको अरुणोदय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा पाठ्यसामग्री वितरण गरेको छ। संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाद गड्तौलाले ग्रामीण क्षेत्रमा रहेका बिपन्न परिवारका छोराछोरीहरुलाई विद्यालय प्रति आकर्षण बढाउन सामग्री वितरण गरेको बताएका छन्।

संस्थाका तर्फबाट आफुले प्रत्येक वर्ष विद्यार्थीहरुलाई पोशाक तथा पाठ्यसामग्री वितरण गर्दै आएको र बिपन्न परिवारका छोराछोरीहरुलाई शिक्षण सिकाई कार्यमा सहज भएको बताएका छन्। अरुणोदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ९२ थान सुट, १५ दर्जन कापी, ८ दर्जन पेन्सिल, ईरेजर, कटर। बलपेन वितरण गर्नुका साथै खाजाको समेत व्यवस्था गरिएको थियो।

पाठ्यसामग्री वितरण गर्न संस्थाका सचिव रमेश क्षेत्री, सदस्यहरु देब कुमारी गड्तौला, कन्चन गड्तौला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापति समेत रहेकी अरुणोदय आधारभूत विद्यालयकि अध्यक्ष सीतामाया गुरुङले विद्यार्थीहरुलाई विद्यालयमा नियमित उपस्थित गराई पठनपाठनमा सहयोग पुर्याउन विद्यालयका तर्फबाट समितिले हरदम प्रयास गरिरहेकोमा अन्य संघ संस्थाहरुले थप सहयोग गरिदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ। सामाजिक तथा शैक्षिक व्यक्तित्वको रुपमा परिचित समृद्ध जुरोपानी कृषि सहकारी संस्था अध्यक्ष खेमराज अधिकारीले शिक्षण सिकाई कार्यलाई सफल बनाउन अभिभावक समेत सचेत हुनुपर्ने धारणा राखेका थिए।

दक्षिणी क्षेत्रमा रहेका बिपन्न परिवारका विद्यालयमा अध्ययन गर्न समस्यामा रहेका विद्यार्थीहरुलाई पहिचान गरि समन्वयात्मक भुमिका निर्वाह गर्दै संस्थाहरुमा पहल गरि सहजिकरण गरेका समाजसेवी बेनुराज प्रसाईंले समस्यामा गुज्रिरहेका नानीहरूको शैक्षिक स्तर उकास्न लागि परेको बताएका छन्। उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य टेकराज दाहालले शुभकामना मन्तव्य राखेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया