Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठ्माडौं, २८ चैत २०८० । यस वर्ष भएको उत्पादनतर्फ पहिलो चरणको कोरियाली भाषा परीक्षामा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार पहिलो चरणको परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए।

परीक्षा गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको थियो।

पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले सीप परीक्षणमा सहभागी हुनु पर्नेछ।

सीप परीक्षण आगामी वर्षको वैशाख ९ देखि १५ गतेसम्म हुने शाखाले जनाएको छ।

उत्पादन क्षेत्रतर्फको दोस्रो चरणको परीक्षा पनि वैशाखबाट हुनेछ। यसमा ८० हजारभन्दा धेरै सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया