Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

झापा, ५ चैत २०८० । विभिन्न समयमा घाइते भएका दुई जना प्रहरीलाई चार चक्के स्कुटर प्रदान गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाले झापा शिवसताक्षीका पूर्व प्रहरी हवल्दार टेकबहादुर सामसुहाङ र मोरङका प्रहरी सहायक हवल्दार शिवनारायण महतोलाई स्कुटर प्रदान गरेको हो।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सोमबार आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी चन्द्र कुँवर खापुङले घाइते प्रहरीहरूलाई भन्सार छुटमा ल्याएको स्कुटरको चाबी र ब्लु बुक हस्तान्तरण गरेका हुन्। एउटा स्कुटरको मूल्य एक लाख ६० हजार रहेको जनाइएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया