Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

काठमाडौँ, ५ चैत २०८० । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य बर्खास्त भएका छन् । बैंकको महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा आचार्यलाई बर्खास्त गरिएको प्रवक्ता डिल्लीराम पोखरेलले रातोपाटीलाई जानकारी दिए ।

एक सार्वजनिक कार्यक्रममा बैंकको कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै आचार्यमाथि छानबिन भएको थियो । आन्तरिक अनुसन्धानबाट आचार्यको बयान लिइएकोमा चित्त बुझ्दो जवाफ नमिलेपछि उनलाई नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार बर्खास्ती गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए । उनको बर्खास्ती भोलि मंगलबारदेखि लागू हुने समेत उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया