Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २३ फागुन २०८० । रास्वपाका सभापति रवि लामिछाने पुनस् गृहमन्त्रीमा बन्ने पक्का भएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपश्चात लामिछानेलाई गृहमन्त्री बनाउने भएको स्रोतको भनाई छ।

नयाँ सत्ता समीकरण बनेपछि लामिछानेले गृह मन्त्रालयको अडान राखेका थिए। यस अगाडि गत वर्षको पुषमा बनेको एमाले नेतृत्वको गठबन्धनबाट पनि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेका थिए।

सर्वोच्च अदातलको संवैधानिक इजलासले लामिछानेको नागरिकता कायम नरहने ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो। नागरिकता खारेज भएसँगै लामिछानेको मन्त्री पद पनि स्वतः खारेज भएको हो। उनले पुनस् नागरिकता कायम गरेपछि चितवनबाट उपनिर्वाचनमा निर्वाचित भएका हुन्।

विना विभागीय मन्त्री रहेका डीपी अर्याललाई श्रम मन्त्री र सुमना श्रेष्ठलाई शिक्षामन्त्रीमा पठाउने तयारी भएको स्रोतको भनाई छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य तोडेर एमाले नेतृत्वको गठबन्धनसँग सहकार्य गरेका छन्। नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्।

 

तपाईको प्रतिक्रिया