Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बर्दिया, १८ फागुन २०८० । ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति ११ बजेतिर जैसीको शव पूर्णरूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । उनको शव परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको प्रहरी कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया