अर्जुनधारा, ३ फागुन २०८० । झापाको अर्जुनधारामा जंगली हात्तीको समूहले एउटा घर भत्काएको छ । गएराति तीन वटा हात्तीले अर्जुनधारा-१ मदनपुर बस्ने बलबहादुर तामाङको बाँसको टाटीले बेरेको जस्ताको छानो भएको एकतले घर भत्काई दिएको हो ।
हात्तीले घर पूर्ण रुपमा भत्काई, घरभित्र रहेका धान, चामल खाई लत्ताकपडा, भाडावर्तनमा गरी अन्दाजी ३ लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।