काठमाडौं, १४ माघ २०८० । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.१९ प्रतिशतले बढ्यो।
दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मिड सोलु,माथिल्ल मैलुन खोला जलविद्युत र सामलिङ पावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यसदिन चन्द्रगिरी हिल्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रहयो। सो कम्पनीको ३३ करोड बढि रुपैयाँको सेयर कारोबार भयो। यसैगरी नगदी ग्रुपको २३ करोड,रिलायबल नेपाल लाइफको १७ करोड,अरुण भ्याली हाइड्रोपावरको १४ करोड र हाथवेको १३ करोड मूल्य बराबरको सेयर खरिदबिक्री भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटाको मूल्य बढ्यो ४ उपसमूहको मूल्य घट्यो। यसदिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँमा खरिदबिक्री भए। आज १३७ कम्पनीको मूल्य बढ्दा ७० वटाको घट्यो भने ४ को स्थिर रह्यो ।