Online Bichar
आइतबार, जेठ ०५, २०८२ | Sunday, May 18, 2025

काठमाडौं, ११ माघ २०८० । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा कायम भएको हो।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँमा खरिदबिक्री भए। बुधबार ३ अर्ब ८९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।सामान्य अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सामलिङ पावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो। मिड हाइड्रोपावरको ८.७९ प्रतिशतले बढ्दा इनफिनिट लघुवित्त वित्तीय संस्थाको ८.१२ प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। नगदी ग्रुप पावरको १९ करोड,अरुण कावेली पावरको ९ करोड,अपी पावरको ९ करोड र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ७ करोड बढी मूल्यको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको मूल्य बढ्दा ८ वटाको घट्यो।

 

तपाईको प्रतिक्रिया