Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ८ माघ २०८० । सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा कायम भएको छ।

सेन्सेटिभ इण्डेक्स १.२५ प्रतिशतले ओरालो लाग्यो। दोहोरो अंकले घटेको बजारमा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।

यसदिन ३०७ कम्पनीको १ कोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन आइतबार २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भएका थिए।

अपर स्यांगे हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो। मिड सोलु हाइड्रोपावरको ९.४६,आशा लघुवित्त वित्तीयको ६.६९,नगदी ग्रुपको ३.८१ र मैलुङ खोला जल विद्युतको २.८६ प्रतिशतले सेयर मूल्य बढेर कमाउने पाँच शीर्ष कम्पनीभित्र परे।

दोर्दी खोला जल विद्युतका लगानीकर्ताले लगानी गुमाए। सो कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशतले घट्यो। ७८ करोड बढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। कारोबारमा आएका १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

तपाईको प्रतिक्रिया