Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठ्माडौं, ७ माघ २०८० । चालु आर्थिक वर्षमा निर्माण सामग्री सिमेन्ट र अर्ध-तयारी सिमेन्ट (क्लिंकर) को निर्यात उल्लेख्य बढेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक अर्ब ७६ करोड ३३ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको छ।

गत वर्ष (१२ महिना) मा ७७ करोड ९३ लाख रूपैयाँको मात्रै सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । यो वर्ष ६ महिनामै १२६ प्रतिशतले निर्यात बढीसकेको छ।

६ महिनामा नेपालबाट १६ लाख ७२ हजार ३६८ टन सिमेन्ट र क्लिंकर निर्यात भएको तथ्यांक छ।

अहिले भारतीय बजारमा नेपालको सात वटा ब्रान्डको सिमेन्ट बिक्री भइरहेका छन्। अर्घाखाँची, पाल्पा र सर्वोत्तम सिमेन्टले भित्ते विज्ञापन समेत सुरू गरेका छन्।

सिमेन्टको निर्यात गत वर्षबाट सुरू भएकोमा अहिलेसम्म दुई अर्ब ५३ करोडको निर्यात भइसकेको छ।

तपाईको प्रतिक्रिया