Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठ्माडों, ५ माघ २०८० । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले संचालक समितिका दुई जनालाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।

पक्राउ पर्नेमा सचिव पुरण रावल र सदस्य धिरेन्द्र बराल छन्।

यसमा संलग्न अध्यक्षसहित समितिका सदस्यहरू भने अझै फरार छन्। प्रहरीले दुई जना माथिको अनुसन्धान सकाएर मुद्दा सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।

हजारौं बचतकर्ताको करोडौं रकम अपचलन गरेको प्रहरीमा उजुरी छ। अझै पनि जाहेरी आउनेक्रममै रहेको प्रहरीले जनाएको छ। पीडितले पुरा सञ्चालक समितिविरूद्ध नै जाहेरी दिएको थियो।

सरकारी वकिल कार्यालयले यसमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ।

यस सहकारीको केन्द्रीय कार्यालय सिनामंगल र शाखा कालिमाटी र पेप्सीकोलामा पनि छ।

 

तपाईको प्रतिक्रिया