Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ३ माघ २०८० । बचतकर्ताको करोडौँ रकम कुम्ल्याएर काठमाडौं महानगरपालिका वडा-३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएका छन्। उक्त सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले काठमाडौँ महानगरपालिकामा हिजो (मंगलबार) मुद्दा दायर गरेका छन्।

बचतकर्ता लोकेन्द्रबहादुर शाहीका अनुसार उक्त सहकारीको सेवा केन्द्र बानेश्वरबाट पुस २६ गतेसम्म बचत संकलन गर्न संकलकहरू आएका थिए। ‘त्यसपछि भने गायब छन्, हामीले हिजो मुद्दा पनि हालेका छौँ, बचतकर्ताको करिब २० करोड रकम लिएर फरार भएको हो’, उनले भने।

शाहीका अनुसार उनको ८५ हजार रुपैयाँ सहकारीमा थियो। उनका अनुसार सहकारी दाजुबहिनीले चलाएका थिए।

दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय लोन शाखा प्रमुख थिइन्। तत्काल सम्पर्कमा आएर बचतकर्ताहरूको पैसा फिर्ता दिनुपर्ने नभए कारबाही हुनुपर्ने उनीहरूको माग छ।

 

तपाईको प्रतिक्रिया