Online Bichar
मंगलबार, भाद्र २५, २०८१ | Tuesday, September 10, 2024

काठ्माडौं, २९ पुस २०८० । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ३१।६२ अंकले बढेको छ।

यसदिन नेप्से १.५१ प्रतिशतले २१२०.६२ बिन्दुमा बन्द भएको छ।

आइतबारको बजारमा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रूपैयाँको सेयर कारोबार भएको छ।

बिहीबार ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रूपैयाँको सेयर कारोबार भएको थियो।

बिहीबारको तुलनामा आज कारोबार रकम १ अर्ब १५ करोड रूपैयाँ बढी हो।

यस दिन ३१४ वटा धितोपत्रको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन ११ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
हिमालयन पावर पार्टनर, कालिका पावर, तेह्रथुम पावर, मध्य भोटेकोशी जलविद्युत र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, त्रिशूली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वयर हाउजिङ, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।

मेगा म्युचुअल फण्डको इकाइ मूल्य सर्वाधिक ९.५३ प्रतिशतले घटेको छ। उक्त योजनाको मूल्य ७ रूपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै, निर्धन उत्थान लघुवित्तको सेयरमूल्य ४.३१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६७९ रूपैयाँ पुगेको छ।

आइतबार नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता १०० रूपैयाँमा ३५ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३९ रूपैयाँमा २४ करोड ३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आइतबार जलविद्युत समूहमा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ४.५८ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

 

तपाईको प्रतिक्रिया