काठ्माडौं, २९ पुस २०८० । ग्लोबल आइएमई बैंकले कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
बैंकले शनिबार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गरेको हो।
नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको हो।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वास्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्नेछ। यससँगै ग्लोबल आइएमई बैंकले १७औं वार्षिकत्सवको अवसरमा सम्पूर्ण प्रदेशहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार २५० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराएको हो।
देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्करवैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।