झापा, २५ पुस २०८० । आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बमजनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बमजनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ छ।यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्।
बमजन मंगलवार साँझ काठमाडौंको बुढानिकण्ठबाट पक्राउ परेका थिए। बमजनमाथि २०७३ साल साउन २० मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ।
बमजनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ। आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा थिए।






