Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

बुटवल, २४ पुस २०८० । नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि पार्टीमा निष्क्रिय रहँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्।

उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सचिव समेत हुन्। एमाले विभाजित भएपछि समाजवादीको जिल्ला कमिटी स्थापनामा उनी नेतृत्वदायी भूमिकामा रहेका थिए।

गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनको उम्मेदवारी खारेजी भएको थियो। उनीमाथि बैंकका कालो सूचीमा परेको उजुरी भएको थियो।

उनले सांसद हुने इच्छा जाहेर गरेका थिए। तर त्यस्तो मौका राष्ट्रिय सभाको मनोनयन हुँदा समेत प्राप्त नभएपछि उनले पार्टी छाडेका हुन्।

तपाईको प्रतिक्रिया