Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

झापा, १९ पुस २०८० । झापामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतक पुरुष सुनसरी धरान नगरपालिका-६ बस्ने अन्दाजी ४० वर्षिय यम कुमार धमला रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

आज (बिहिबार) बिहान ७ः४५ बजेको समयमा उक्त पुरुष शिवसताक्षी नगरपालिका-१० को वाणिज्य संघको निर्माणाधिन भवन भित्र फेला परेका थिए । मृतक धमला मागी खाई हिँड्ने पुरुष रहेको जनाइएको छ । बिहान ९ः३० बजेको समयमा मृतक धमलाको भाउजु उमा बिष्ट आएर सनाखत गरी कानूनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया